दार्चुला घटनामा सरकारलाई सभामुखको रुलिङ

दार्चुला घटनामा सरकारलाई सभामुखको रुलिङ

काठमाडौँ : सभामुख अग्नि सापकोटाले दार्चुलाका जयसिंह धामी तुइनबाट खसेर बेपत्ता भएको घटनामा सरकारलाई रुलिङ गरेका छन्। 

उनले सत्य तथ्य पत्ता लगाइ घटनाको विवरण यथाशक्य जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका हुन्। 

भारतीय सुरक्षाकर्मीले तुइनको तार फुकालेपछि महाकाली नदीमा बेपत्ता भएका धामी अहिलेसम्म फेला परेका छैनन्।

सरकारले गठन गरेको छानबिन टोली घटनाको अनुसन्धान गरेर काठमाडौँ फर्केको छ। 

साउन २६, २०७८ मंगलबार १४:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।