गैर आवासीय नेपालीले भेटे प्रधानमन्त्रीलाई 

गैर आवासीय नेपालीले भेटे प्रधानमन्त्रीलाई 

काठमाडौँ : गैर आवासीय नेपाली सङ्घले संसदमा विचाराधीन नेपाली नागरिकता विधेयकका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएको जनाएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नागरिकता विधेयकमा सम्बन्धमा ध्यानाकर्षण गराइएको गैर आवासीय नेपाली सङ्घले जनाएको छ।

सङ्घका अध्यक्ष कुमार पन्तले विदेशमा रहेका नेपाली श्रमिकको उद्धार, नेपाल ल्याइएका श्रमिकको पुनर्स्थापना लगायतका विषयमा राहतमुखी कार्यक्रम ल्याउन आग्रह समेत गरेका छन्। 

सङ्घका पूर्व अध्यक्ष जीवा लामिछानेले बेलायतमा रहेका बिट्रिश गोर्खाको सत्याग्रहको विषयमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका छन्।

उनीहरूको समस्या समाधानका लागि बेलायत सरकारसँग कूटनीतिक रूपमा पहल गरिदिन प्रधानमन्त्री देउवालाई लामिछानेले आग्रह गरेका सङ्घले जनाएको छ। 

सङ्घका अनुसार प्रधानमन्त्री देउवाले संविधानमा व्यवस्था भए बमोजिम छिट्टै गैर आवासीय नेपाली नागरिकता लगायतका विषय टुङ्गो लगाउने प्रतिबद्धता जनाएका छन्। 

साउन २६, २०७८ मंगलबार १३:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।