कोरोना खोप माग गर्दै विद्यार्थीको प्रदर्शन 

कोरोना खोप माग गर्दै विद्यार्थीको प्रदर्शन 

काठमाडौँ : कोरोनाविरुद्धको खोप अनिवार्य उपलब्ध गराएर मात्र परीक्षामा सहभागी गराउन माग गर्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन्।

मंगलबार काठमाडौँको बागबजारस्थित पद्मकन्या क्याम्पसमा परीक्षा केन्द्र परेका विद्यार्थीहरुले कोरोना महामारीको जोखिमकाबीच पनि परीक्षा सञ्चालन गरिएको भन्दै प्रदर्शन गरेका हुन्। 

उनीहरूले ‘नो भ्याक्सिन नो इक्जाम’ भन्दै नाराबाजी गरेका थिए। गेटबाहिर विद्यार्थी र स्वयं परीक्षार्थी प्रवेश पत्र बोकेर परीक्षा रोक्न माग गर्दै विरोधमा उत्रिएपछि प्रहरीले हस्तक्षेप गरेको थियो। 

परीक्षा केन्द्रमा भौतिक दूरी कायम हुन नसकेको भन्दै विद्यार्थीहरूले कोरोनाको जोखिमको खतरा भएको बताएका छन्।

कोरोनाका कारण राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगन गरेको छ। तर, त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित भदौ ५ सम्मको परीक्षा सञ्चालन गरिरहेको छ। 

साउन २६, २०७८ मंगलबार १२:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।