संसदमा श्वेत पत्र प्रस्तुत गर्दै अर्थमन्त्री
काठमाडौँ : प्रतिनिधि सभामा अर्थमन्त्री जनार्दन शर्माले देशको वर्तमान आर्थिक अवस्थाको सम्बन्धमा जानकारी गराउने भएका छन्।
प्रतिनिधि सभाको दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री शर्माले आर्थिक अवस्थाको जानकारी श्वेतपत्र जारी गर्न लागेका हुन्।
गठबन्धन सरकारले आइतबार न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको थियो।
प्रतिनिधि सभाको सम्भावित कार्यसूचीमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०७६ टेबल गर्ने राखिएको छ।
साउन २६, २०७८ मंगलबार १२:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।