बलाधिकृत रथी शर्माले लिए कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी
काठमाडौं : बलाधिकृत रथी प्रभुराम शर्माले प्रधानसेनापतिको कार्यभार लिएका छन्।
प्रधानसेनापति पूर्णचन्द्र थापा आजदेखि बिदामा बस्ने भएकाले शर्माले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हालेको नेपाली सेनाले जनाएको छ।
प्रधानसेनापति थापाले आफ्नो ४१ वर्ष सैनिक सेवा एवं प्रधानसेनापतिको ३ वर्षे कार्यकाल भदौ २४ गते पुरा हुनु भन्दा पहिला आजदेखि घर बिदामा बसेका छन्।
उनी घर बिदामा बस्ने भएकाले उनले सम्हालेको प्रधानसेनापतिको कार्यभार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट साउन २६ गतेबाट कायममुकायम प्रधानसेनापति सम्हाल्ने अख्तियारी प्राप्त गरेका बलाधिकृत रथी शर्मालाई बुझबुझारथ गरेका छन्।

कायममुकायम प्रधानसेनापति शर्माले सैनिक संगठनमा सामूहिक भावना नै सर्वोपरि रहेको र यसका लागि तालिमको महत्त्व रहेको बताएका छन्।
उनले विगतका उपलब्धिहरूलाई संस्थागत गर्दै सुधारका विषयहरूलाई निरन्तरता दिइने प्रतिबद्धता जनाएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
साउन २६, २०७८ मंगलबार ०८:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।