मोटरसाइकले ठक्कर दिँदा प्रहरी निरीक्षकको मृत्यु 

मोटरसाइकले ठक्कर दिँदा प्रहरी निरीक्षकको मृत्यु 

नवलपरासी : इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक कपिल वाग्लेको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ।

लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका वाग्लेको भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेजमा उपचारको क्रममा गएराती मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार वाग्लेलाई ठक्कर दिने मोटरसाइकल चालक दीपेन्द्र पुनको युनिभर्सल मेडिकल कलेजमै उपचार भइरहेको छ।

साउन २६, २०७८ मंगलबार ०८:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।