काठमाडौँमा रेस्टुरेन्ट कल्चर भित्र्याउने श्याम कक्षपतीको निधन

काठमाडौँमा रेस्टुरेन्ट कल्चर भित्र्याउने श्याम कक्षपतीको निधन

काठमाडौं : मुखको क्यान्सरका कारण नाङ्लो रेस्टुरेन्टका संस्थापक श्याम कक्षपतिको निधन भएको छ। उपचारका लागि बैङ्कका रहेका उनको  सोमबार दिउँसो  निधन भएको हो।

दरबारमार्गमा रहेको नाङ्लो रेस्टुरेन्टको प्रवर्द्धक रहेका कक्षपतिले बेकरी क्याफे चेन रेस्टुराँ खोलेर म:मका पारखीमाझ लोकप्रिय भएका थिए। उनी दुई महिना अगाडि उपचारका लागि  बैंककको ब्रुमुनगार्ड अस्पताल गएका थिए।

पुर्खौली कपडाको व्यापार छाडेर उनी  रेस्टुरेन्ट व्यवसायमा लागेका थिए। 

नाङ्लो रेस्टुरेन्टबाट उनले आफ्नो परिचय बनाए। उनले दरबारमार्गमा नाङ्लो बेकरी क्याफे खोलेका थिए। विवादका कारण उनी नाङ्लोबाट बाहिरिएपछि दरबारमार्गको सोही स्थानमै 'स्याम्स वान ट्रि' क्याफे खोलेका थिए। 

 

साउन २५, २०७८ सोमबार २३:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।