रेल्वेका महाप्रबन्धक भट्टराईले स्पष्टीकरण नदिने, राजनीतिक रूपमा समाधान खोज्ने
सरकारले उनको आचरणलाई लिएर सोधेको स्पष्टीकरण राजनीतिक भएकाले त्यसको प्रतिवाद राजनीतिक रूपमै गर्ने भन्दै उनले सोमबार आयोजित पत्रकार सम्मेलनमा भने' कानुनी प्रक्रिया नपुर्याई अस्पष्ट, कपोलकल्पित र आधारहीन आरोपहरू लगाई स्पष्टीकरण सोधिएको र राजनीतिक विषयमा स्पष्टीकरण सोधिएकोले सोको जवाफ दिइरहनु परेन। त्यसको राजनीतिक रूपमै समाधान खोज्छु।'
महाप्रबन्धकका रूपमा नियुक्त हुनु अगाडि र नियुक्त भइसकेपछि पनि उनले सामाजिक सञ्जालहरूमा एमालेका अध्यक्ष केपी ओलीको आलोचक र एमालेका माधव नेपाल पक्षका नेताहरू विरुद्ध सामाजिक सञ्जालमा लेख्दै आएका छन्।
उनलाई ओली सरकारले २०७७ असार ४ गते महाप्रबन्धकमा नियुक्त गरेको थियो। सरकार परिवर्तन लगत्तै मन्त्रीपरिषद्ले उनको आचरणका विषयमा स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।
भट्टराईले स्पष्टीकरणमा कार्य क्षमता वा कार्य सम्पादनको विषयमा केही उल्लेख नगरी सामाजिक सञ्जालमा सरकारको विरोध गरेको,दलका नेताहरूको आलोचना गरेकी अदालतको फैसलामा टीकाटिप्पणी गरेको भन्दै महाप्रबन्धकबाट किन नहटाउने भनेर सोधिएको बताए।
'स्पष्टीकरण पत्रमा सार्वजनिक निकायका पदाधिकारी नियुक्ति सम्बन्धी मापदण्ड २०७७ बमोजिम खराव आचरण वा इमानदारीपूर्वक पदीय जिम्मेवारी पुरा नगरेको आरोप लगाएको बताए।
उनले आफूले नेपालमा रेल सेवा सुरु गराउन काम गरिरहेको दाबी गर्दै सरकारले आफूलाई स्पष्टीकरण सोधेर रेल सेवा सञ्चालन अनिश्चित बन्न पुगेको दाबी गरेका छन्।
साउन २५, २०७८ सोमबार १५:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।