भूमि आयोग खारेज गर्ने निर्णयविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार 

भूमि आयोग खारेज गर्ने निर्णयविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार 

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले भूमि आयोग खारेज गर्न परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। 

यस्तै सर्वोच्चले जनता समाजवादी पार्टी जसपाका ३ सांसदले दायर गरेको रिटमा पनि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। 

जसपा लुम्बिनी प्रदेशका सांसद सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव र कल्पना पाण्डेले दायर गरेको रिटमा न्यायाधीश खतिवडाको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। 

मुख्यमन्त्री शङ्कर पोखरेलको सरकारमा सहभागी भएका उनीहरूलाई जसपा अध्यक्ष उपेन्द्र यादवले कारबाही थरेका थिए। 

साउन २५, २०७८ सोमबार १४:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।