एमालेको स्थायी कमिटी सकियो, केन्द्रीय कमिटी बस्दै
एमाले स्थायी कमिटीको बैठकले पार्टीको विधान संशोधन प्रस्ताव पारित गरेको बैठकपछि एमाले उपाध्यक्ष बामदेव गौतमले जानकारी दिए। एमालेको केन्द्रीय कमिटी बैठक दिउँसो ३ बजे पुष्पलाल स्मृति प्रतिष्ठानमा बस्दैछ।
एमाले भदौ २७ र २८ गते तय गरेको विधान महाधिवेशनको तयारीका लागि साङ्गठनिक जिम्मेवारी दिने विषयमा केन्द्रीय कमिटीमा छलफल हुने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।
स्थायी कमिटी बैठकमा उपाध्यक्ष बामदेव गौतम सहभागी भएका थिए। वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने सहभागी भएन। नेपाल पक्षकै आग्रहमा एमालेले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक एक दिन पछि सारेको थियो।
साउन २५, २०७८ सोमबार १३:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।