संसदमा एमालेले भन्यो, औपचारिक रूपमा दार्चुला घटनाको भारतसँग विरोध दर्ता गरियोस्

संसदमा एमालेले भन्यो, औपचारिक रूपमा दार्चुला घटनाको भारतसँग विरोध दर्ता गरियोस्

काठमाडौँ : नेकपा एमालेले दार्चुला घटनाको छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ। 

प्रतिनिधि सभाको बैठकमा एमाले सांसद गणेश सिंह ठगुन्नाले भारतीय एसबीबीले तुइन फुकाल्दा महाकाली नदीमा बेपत्ता भएका जससिंह धामीको घटनाको छानबिन संसदीय समिति गठन गर्नु पर्ने माग गरेका हुन्। 

सरकारले घटनालाई संवेदनशील रूपमा नलिएको एमालेको आरोप छ। ‘गृह र स्थानीय प्रशासनले घटनालाई ढाकछोप गर्न लागेको छ,’सांसद ठगुन्नाले भने,‘अविलम्ब भारतसँग विरोध जनाओस्।’

उनले औपचारिक रूपमा भारतसँग विरोध दर्ता गरेर दोषीलाई कारबाही गर्न पहल गर्नुपर्ने बताए। धामीको परिवारलाई राहत उपलब्ध गराउन पनि उनले सरकारलाई भनेका छन्। 

उनले दार्चुला, खलङ्गा, तिंकर, कालापानी सडकलाई राष्ट्रिय गौरवको सडक घोषणा गर्न पनि माग गरे।

साउन १९, २०७८ मंगलबार १३:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।