सोमबार १६ चैत, २०८२
एन्फा प्रवक्ता राईले दिए राजीनामा
तस्बिर : एन्फा।
उनले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई आज (सोमबार) राजीनामा पत्र बुझाएका हुन्।
राईले राजीनामा घोषणाका लागि ललितपुर, सातदोबाटोस्थित एन्फा कम्पलेक्समा पत्रकार सम्मेलनसमेत आयोजना गरेका थिए। उक्त सम्मेलनमा उनले आफूलाई प्रवक्ताको जिम्मेवारी दिएकोमा सबैलाई धन्यवाद दिए। उनी तीन वर्षदेखि एन्फाको प्रवक्ताको भूमिकामा थिए।
प्रवक्ताबाट राजीनामा दिए पनि उनी एन्फाको कार्यकारिणी सदस्य र एन्फा सूचना तथा सञ्चार समितिको अध्यक्ष भने रहिरहने छन्।
साउन १८, २०७८ सोमबार १६:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।