सांसद पदमा पुनर्बहालीको माग गर्दै चार पूर्वमाओवादी नेताले गरे सर्वोच्चमा रिट दायर

सांसद पदमा पुनर्बहालीको माग गर्दै चार पूर्वमाओवादी नेताले गरे सर्वोच्चमा रिट दायर

सांसदबाट पदमुक्त भएको तीन महिनापछि पूर्वमाओवादी नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरूलाई सांसद पदमा पुनर्बहालीको माग गर्दै आज (बुधबार) सर्वोच्चमा रिट दर्ता गरेका हुन्।

गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपा विघटन गरी एमाले र माओवादी केन्द्र व्युँताउने फैसला गरेपछि उनीहरू माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका थिए।

त्यसपछि माओवादी केन्द्रले उनीहरूलाई कारबाही गरेको थियो, जसअनुसार उनीहरूको पद गुमेको थियो। 

आफूहरू एमाले र माओवादी केन्द्र गरी दुवै दलका मतदाताको मतले विजयी भएकाले जनताको प्रतिनिधित्व गर्न पाउने अधिकार कुण्ठित गर्न नपाउने उनीहरूको भनाइ छ। 

साउन १३, २०७८ बुधबार १५:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।