काठमाडौं उपत्यकामा १० दिन थपियो निषेधाज्ञा
काठमाडौं : काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थपिएको छ।
उपत्यकाका तीन वटै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा १० दिनसम्म थप्ने निर्णय गरेको हो।
निषेधाज्ञाको नियममा भने कुनै परिवर्तन नभएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए।
यसअघि जारी गरिएको निषेधाज्ञा अवधि आजै सकिँदै छ। कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दोस्रो लहर फैलिएपछि उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ। त्यसयता पटक–पटक निषेधाज्ञा थप गरिएकाे छ।
साउन १०, २०७८ आइतबार १६:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।