स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त
काठमाडौं : नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ (९) बमोजिम श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
योसँगै मन्त्रिपरिषद् ६ सदस्यीय भएको छ।
साउन १०, २०७८ आइतबार १६:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।