लुम्बिनी प्रादेशिक अस्पतालमा १७ घण्टामा पाँच जना कोरोना संक्रमितको मृत्यु 

लुम्बिनी प्रादेशिक अस्पतालमा १७ घण्टामा पाँच जना कोरोना संक्रमितको मृत्यु 

काठमाडौं : लुम्बिनी प्रादेशिक अस्पतालमा पछिल्लो १७ घण्टामा पाँच जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित व्यक्तिको मृत्यु भएको छ। 

अस्पतालका अनुसार शनिबार दिउँसो साढे १ बजेदेखि आइतबार बिहान सवा ६ बजेसम्म अस्पतालमा उपचाररत रूपन्देही र गुल्मीका दुई–दुई जना र प्युठानका एक जना कोरोना संक्रमितको मृत्यु भएको हो। 

मृत्यु हुनेमा रूपन्देहीको तिलोत्तमा नगरपालिका–५ की ३२ वर्षीया महिला र बुटवल उपमहानगरपालिका–७ का ४४ वर्षीय पुरुष, गुल्मीको चन्द्रकोट–५ का ५६ वर्षका पुरुष र इस्मा–५ का ७१ वर्षीय पुरुष र प्यूठानको सरुमारानी–२ की ६३ वर्षीय महिला रहेको अस्पतालले जनाएको छ। 

कोरोना संक्रमण भएपछि उनीहरू विभिन्न मितिमा अस्पताल भर्ना भएका थिए। 
 

साउन १०, २०७८ आइतबार १६:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।