विप्लव र जसपा अध्यक्ष यादवबीच भेटवार्ता 

विप्लव र जसपा अध्यक्ष यादवबीच भेटवार्ता 

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ।

भेटमा खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’समेत सहभागी भएका थिए। भेटमा समसामयिक राजनीति तथा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनको विषयमा छलफल भएको प्रकाण्डले जानकारी दिए।

नयाँ सरकार गठनपछि विप्लवले राजनीतिक भेटघाटलाई तीव्रता दिइरहेका छन्। विप्लवले पूर्व माओवादी घटकदेखि, नेकपा (एमाले)का दुवै पक्ष, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का शीर्ष नेतालगायतसँग भेटघाट गरिसकेका छन्। 

साउन १०, २०७८ आइतबार १५:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।