सोमबार १६ चैत, २०८२
राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अलमुताइरीद्वारा राजीनामा दिने घोषणा
काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिने घोषणा गरेका छन्।
उनले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै राजीनामा दिने घोषणा गरेका छन्। उनले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङको कारण राजीनामा दिन लागेको बताएका छन्।
.jpg)
गत चैतमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले उनलाई नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको थियो। एन्फाले कुवेतका प्रो लाइसेन्स प्राप्त अलमुताइरीलाई एक वर्षका लागि मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो।
साउन १०, २०७८ आइतबार १३:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।