तोलामा सय रूपैयाँ घट्यो सुनको भाउ

तोलामा सय रूपैयाँ घट्यो सुनको भाउ

काठमाडौं : नेपाली बजारमा सुनको भाउ तोलामा सय रूपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज (आइतबार) छापावाल सुनको मूल्य तोलामा ९२ हजार रूपैयाँ तोकिएको छ। गत शुक्रबार यसको मूल्य प्रतितोला ९२ हजार १ सय रूपैयाँ कायम थियो। शनिबार भने सुनचाँदीको मूल्य निर्धारण गरिँदैन। 

यस्तै, तेजावी सुन पनि सोही दरमा घटेर तोलाको ९१ हजार ५ सय रूपैयाँ कायम भएको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। गत शुक्रबार यसको मूल्य प्रतितोला ९१ हजार ६ सय रूपैयाँ कायम थियो। 

चाँदीको मूल्य तोलामा १० रूपैयाँ घटेर १ हजार २ सय ७० रूपैयाँ कायम भएको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।
 

साउन १०, २०७८ आइतबार १२:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।