प्रदेश १, बाग्मती र गण्डकीका केही स्थानमा हल्का वर्षा
काठमाडौं : प्रदेश १, बाग्मती र गण्डकीका थोरै स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले जारी गरेको मौसम बुलेटिन अनुसार देशभर सामान्य बदलीको अवस्था छ।
आज दिउँसो भने प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन्। याे अवधिमा देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ।
यस्तै, आज राति बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे माैसमविदले जनाएका छन्।
साउन १०, २०७८ आइतबार ०९:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।