सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा

काठमाडौं : सत्ता गठबन्धनका शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।

बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी छन्।

बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम, मन्त्रिपरिषद विस्तारलगायत विषयमा छलफल भएको बताइएको छ। 
 

साउन ९, २०७८ शनिबार २०:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।