१० जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित

१० जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, कास्की, रूपन्देही र कैलालीमा पाँच सयभन्दा बढी सक्रिय संक्रमित छन्। 

यस्तै, २६ जिल्लामा दुई सयभन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। दुई सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला अघिल्लो साताभन्दा बढी थपिएको विज्ञप्तिमा उल्लेख छ।

साउन ७, २०७८ बिहीबार २१:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।