स्वास्थ्य मन्त्रालयको स्वास्थ्य संघसंस्थालाई अनुराेध– कोरोनाको तेस्रो लहर आउन सक्छ, पूर्वाधार तयारी अवस्थामा राखाैं

स्वास्थ्य मन्त्रालयको स्वास्थ्य संघसंस्थालाई अनुराेध– कोरोनाको तेस्रो लहर आउन सक्छ, पूर्वाधार तयारी अवस्थामा राखाैं

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले आज (बिहीबार) विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमण दर बढ्दो देखिएकाले तेस्रो लहर आउन सक्ने भन्दै स्वास्थ्य संघसंस्थालाई यस्ताे अनुराेध गरेका हुन्। 

‘संक्रमणको बढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहर आउन सक्नेतर्फ मध्यनजर गर्दै सबै स्वास्थ्य संस्थाको अक्सिजन, शय्या लगायतका पूर्वाधार तथा सेवाहरू चुस्त–दुरुस्त राख्न हुन अनुरोधसमेत छ,’ विज्ञप्तिमा भनिएको छ।

नेपालमा गत चैत दोस्रो सातादेखि कोरोनाको दोस्रो लहरको संक्रमण छ। 

साउन ७, २०७८ बिहीबार २०:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।