जसपा आधिकारिकता विवाद टुंग्याउन निर्वाचन आयोगले कार्यकारिणी सदस्यलाई सनाखतका लागि बोलायो   

जसपा आधिकारिकता विवाद टुंग्याउन निर्वाचन आयोगले कार्यकारिणी सदस्यलाई सनाखतका लागि बोलायो   

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया नेतृत्वको ५ सदस्यीय इजलासले बिहीबार जसपा आधिकारिकता विवाद टुंगो लगाउन कार्यकारिणी समिति सदस्यलाई साउन ११ गते बोलाउने निर्णय गरेकाे आयोगले जनाएको छ। 

जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकता दाबी गर्दै आयोगमा निवेदन दिएपछि आयोगले दुवै पक्षसँग छलफल गरी विवाद समाधानको प्रयास गरेको थियो। 

तर, छलफलबाट विवाद समाधान नभएपछि आयोगले कानुनीरूपमा आधिकारिकता विवाद समाधान गर्न लागेको हो। 

साउन ७, २०७८ बिहीबार २०:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।