थप २७१४ जनामा कोरोना संक्रमण, २४ को मृत्यु 

थप २७१४ जनामा कोरोना संक्रमण, २४ को मृत्यु 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पिसिआर विधिबाट १ हजार ८ सय ५५ र एन्टिजेन विधिबाट ८ सय ५९ जनामा कोरोना पोजेटिभ देखिएको हो। 

उक्त अवधिमा आरटी पिसिआर विधिबाट ९ हजार १ सय २२ र एन्टिजेन विधिबाट ३ हजार ७ सय ७ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। 

हालसम्म देशभर आरटी पिसिआर विधिबाट ६ लाख ७४ हजार ७ सय २६ र एन्टिजेन विधिबाट ५२ हजार ४ सय ४३ जनामा संक्रमण देखिएको छ। 

कोरोना भाइरस संक्रमणका कारण देशभर थप २४ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ६ सय ६१ पुगेको छ। 

यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ८८ जना कोरोना संक्रमणमुक्त भएका छन्। यससँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ३७ हजार ६ सय ९० पुगेको मन्त्रालयले जनाएको छ। 

देशभर कोरोना संक्रमण निको हुने दर ९४.५ प्रतिशत छ।
 

साउन ७, २०७८ बिहीबार १६:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।