कोमल वलीले भनिन् : हात खुट्टा टेकेर लाग्नु कुन प्रवृत्ति हो?

कोमल वलीले भनिन् : हात खुट्टा टेकेर लाग्नु कुन प्रवृत्ति हो?

राष्ट्रिय सभाको बैठकमा वलीले त्यही कारण केपी शर्मा ओलीको सरकार टिक्न नसकेको बताइन। ‘आफ्नै दलको सरकार हटाएर कसका लागि खुसी र कसका लागि रुवावासी,’उनले भनिन्, हात खुट्टा टेकेर लाग्नु कुन प्रवृत्ति हो?’

उनले आफूले उठाएको कुरा गलत नभएको जिकिर गरिन्। उनले यो विषयमा सदनमा छलफल हुनु पर्ने माग गरिन्। 

उनले सत्तामा जानु र सत्ताबाट बाहिरिनु संसदीय व्यवस्था हो भनेर राष्ट्रिय सभामा प्रश्न गरिन्।

अदालतको आदेशबाट सत्ता प्राप्त गर्नेहरू खुसी भएको अवस्था भएको भन्दै उनले भनिन्, 'सबै कुरा अदालतले निर्णय गर्ने हो भने संसद् किन चाहियो?’ 

साउन ७, २०७८ बिहीबार १४:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।