सिष्टम ह्याक गरेर पैसा चोर्ने फोनले राष्ट्र बैङ्क तर्सियो 

सिष्टम ह्याक गरेर पैसा चोर्ने फोनले राष्ट्र बैङ्क तर्सियो 

अन्तर्राष्ट्रिय कोड नम्बरबाट बैङ्कका प्रवक्ता र सह प्रवक्तालाई ह्याकरले फोन गरेर तर्साएका हुन्। 

प्रवक्ता देवकुमार ढकालले ह्याकरको फोन उठाए पनि सह प्रवक्ता नारायण पोखरेलले फोन रिसिभ नगरेको राष्ट्र बैङ्कले जनाएको छ।

‘प्रवक्ताले फोन उठाउँदा हामी बैङ्कको सिस्टम ह्याक गरेर पैसा चोर्दै छौ भनेछन्,’सह प्रवक्ता पोखरेलले उकेरासँग भने,‘मेरो मोबाइलमा पनि आएको फोन आएको थियो, उठाइन।’

उनले ‘वान टाइम युज’ गर्ने अन्तर्राष्ट्रिय मोबाइल नम्बरबाट फोन आएको र कल ब्याक गर्न नमिलेको बताए। ‘चोरले पनि पहिले चोर्छु भन्छ,’उनले भने,‘यो वाहियात हो, अहिलेसम्म बैङ्कको सिस्टममा कुनै खराबी आएको छैन।’ 

ह्याकरले इमेल गरेको भने पनि आफ्नो इमेल बक्स खाली रहेको उनले बताए। उनले बैङ्कको इन्टायर सिस्टम ठिक रहेको जानकारी दिए। 

साउन ७, २०७८ बिहीबार ११:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।