चक्रपथमा गाडीको जुलुस, भाडा बढाउन दबाब

चक्रपथमा गाडीको जुलुस, भाडा बढाउन दबाब

सार्वजनिक यातायात, ट्याक्सी चालकहरू सडक नै जाम गरेर आन्दोलनमा उत्रिएका हुन्। उनीहरूको आन्दोलनका कारण काममा हिँडेका यात्रुलाई गन्तव्यमा पुग्न कठिनाइ भएको छ। 

यातायात व्यवस्था विभागले लामो दुरीका सार्वजनिक गाडीमा यात्रुले तिर्ने भाडा २० देखि २८ प्रतिशतसम्म बढाएको थियो। 

ट्राफिक कन्ट्रोल रुमका अनुसार काठमाडौँको चक्रपथ सडकका विभिन्न खण्डमा गाडीको जुलुस निस्केको छ। गाडीको जुलुस यातायात व्यवस्था कार्यालय एकान्तकुना पुग्ने घोषित कार्यक्रम छ। 

साउन ७, २०७८ बिहीबार १०:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।