गठबन्धनको न्यूनतम साझा कार्यक्रमबारे पार्टीमा छलफल गर्दै माओवादी 

गठबन्धनको न्यूनतम साझा कार्यक्रमबारे पार्टीमा छलफल गर्दै माओवादी 

पार्टी कार्यालय पेरिसडाडा कोटेश्वरमा बस्ने बैठकमा सत्तारुढ गठबन्धनको न्यूनतम साझा कार्यक्रम बनाउने विषयमा छलफल हुने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए। 

उनका अनुसार गठबन्धनलाई कसरी अगाडि बढाउने र न्यूनतम साझा कार्यक्रम कस्तो बनाउने भनेर बैठकमा छलफल हुनेछ। पार्टीले पाउने मन्त्रालय टुङ्गो नलागेकाले मन्त्रिपरिषद्मा सहभागी हुनेबारे छलफल हुने सम्भावना नरहेको साहले बताए। 

प्रधानमन्त्री शेरबहादुर देउवासँग माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफल गरे पनि पार्टीले पाउने मन्त्रालय टुङ्गो लागिसकेको छैन। सरकारमा माओवादीबाट जनार्दन शर्मा अर्थमन्त्रीमा र पम्फा भुसाल उर्जामन्त्रीमा नियुक्त भइसकेका छन्।

बाँकी मन्त्रालय भागबन्डाबारे नेकपा एमालेका माधवकुमार नेपाल पक्षसँग भइरहेको छलफल निष्कर्षमा पुग्न नसकेकाले आजै पाटीबाट सरकारमा जाने मन्त्रीहरूको नाममा छलफल हुने सम्भावना नरहेको साहले बताए। 

साउन ६, २०७८ बुधबार ०९:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।