नेपाल मेडिसिटी र यती एअरलाइन्स तथा तारा एअरकाे सहकार्यमा एयर एम्बुलेन्स सेवा
अस्पतालका महाप्रबन्धक विजय रिमाल र एअरलाइन्सका प्रशासन प्रमुख अञ्जन बड्गामीले आज सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
हाल हेलिकोप्टरबाट तथा चार्टर्ड फ्लाइटबाट बिरामीलाई स्थानान्तरण गर्ने गरिएकोमा अब यती एअरलाइन्स तथा तारा एअरले नियमित एयरलिफ्ट एम्बुलेन्स सेवा उपलब्ध गराउने छन्।
अस्पतालका महाप्रबन्धक रिमालले अस्पतालले हवाइ तथा ग्राउण्ड एम्बुलेन्समार्फत बिरामीको उद्धार गरिँदै आइएकोमा यतिसँगको सहकार्यले यो सेवा विस्तार हुने बताए।
यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले एयरलाइन्सको उडान सेवा उपलब्ध हुने स्थानबाट थप उपचार आवश्यक भएका बिरामीका लागि विमानलाई एयर एम्बुलेन्समा परिणत गरी विशेष सेवा उपलब्ध गराइने बताए।
यो सेवाले दुर्गम क्षेत्रका जनताले समयमै उपचार पाउन सहज हुने बताए।
साउन ५, २०७८ मंगलबार २१:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।