एमाले केन्द्रीय कमिटी बैठक : देउवालाई विश्वासको मत दिने २२ सांसदमाथि कारबाहीको निर्णय भएन

एमाले केन्द्रीय कमिटी बैठक : देउवालाई विश्वासको मत दिने २२ सांसदमाथि कारबाहीको निर्णय भएन
फाइल तस्बिर।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको १० औं केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना सांसदलाई कारबाहीबारे निर्णय नगरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।

यसअघि एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत दिने २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो। 

स्पष्टीकरणको २४ घण्टा पूरा नभएकाले कारबाही नभएको प्रवक्ता ज्ञवालीले जानकारी दिए। 

यस्तै, बैठकले पार्टी एकताका लागि भएको १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै एकताका लागि निरन्तर प्रयास गर्ने निर्णय गरेको छ। 
बैठकमा पार्टी विवाद समाधान कार्यदल संयोजक (अध्यक्ष केपी शर्मा ओली पक्षका) सुवास नेम्वाङले पार्टी एकताका लागि भएका प्रयासका बारेमा जानकारी गराएका थिए। 

यसैगरी, बैठकमा प्रदेशको प्रतिनिधित्व गर्ने प्रदेश अध्यक्षले पार्टीको दिशा र भविष्यका विषयमा रिपोर्ट पेस गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिए। 

बैठक भोलि ३ बजे पुनः बस्दै छ। 


 

साउन ५, २०७८ मंगलबार २०:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।