जसपा संसदीय दलको विधान पारित, अनुमोदनका लागि केन्द्रीय कार्यकारिणी समितिमा पठाइने

जसपा संसदीय दलको विधान पारित, अनुमोदनका लागि केन्द्रीय कार्यकारिणी समितिमा पठाइने

सिंहदरबारमा आज (मंगलबार) बसेको बैठकले उक्त विधान पारित गर्ने निर्णय गरेको हो। 

बैठकले विधानका सम्बन्धमा प्राप्त सुझावलाई समावेश गर्न सांसद रामसहायप्रसाद यादव र मोहम्द इस्तियाक राईलाई जिम्मेवारी दिने निर्णयसमेत गरेको छ। 

साथै बैठकले उक्त विधानलाई अनुमोदनका लागि पार्टीको केन्द्रीय कार्यकारिणी समितिमा पठाउने निर्णयसमेत गरेको जसपाले जनाएको छ। 

साउन ५, २०७८ मंगलबार १८:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।