थप ३१०८ जनामा कोरोना संक्रमण, २५ को मृत्यु 

थप ३१०८ जनामा कोरोना संक्रमण, २५ को मृत्यु 

काठमाडौं : देशभर थप ३ हजार १ सय ८ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पिसिआर विधिबाट २ हजार २ सय २ र एन्टिजेन विधिबाट ९ सय ६ जनामा कोरोना पोजेटिभ देखिएको हो। 

उक्त अवधिमा आरटी पिसिआर विधिबाट ८ हजार ८ सय ३६ र एन्टिजेन विधिबाट ४ हजार २ सय ९९ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। 

हालसम्म देशभर आरटी पिसिआर विधिबाट ६ लाख ७० हजार ९ सय ५३ र एन्टिजेन विधिबाट ५० हजार ६ सय ६४ जनामा संक्रमण देखिएको छ। 

कोरोना भाइरस संक्रमणका कारण देशभर थप २५ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ६ सय ७ पुगेको छ। 

यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ९५ जना कोरोना संक्रमणमुक्त भएका छन्। यससँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ३४ हजार ९ सय २७ पुगेको मन्त्रालयले जनाएको छ। 

देशभर कोरोना संक्रमण निको हुने दर ९४.६ प्रतिशत छ।
 

साउन ५, २०७८ मंगलबार १७:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।