कांग्रेसद्वारा डिजिटल माध्यमबाट मतदान गर्न मिल्ने प्रविधि तयार  

कांग्रेसद्वारा डिजिटल माध्यमबाट मतदान गर्न मिल्ने प्रविधि तयार  

काठमाडौं : नेपाली कांग्रेसले डिजिटल माध्यमबाट मतदान गर्न मिल्ने प्रविधिको विकास गरेको छ। 

कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले आज (मंगलबार) विज्ञप्ति जारी गर्दै पार्टीको १४ औ महाधिवेशनमा केन्द्र र ७ प्रदेशको निर्वाचनसम्बन्धी सबै प्रक्रिया सम्पन्न गर्न सकिने गरी ‘डिजिटल भोटिङ’ प्रविधि विकास गरेको जनाएको छ। 

केन्द्रीय समितिले जरुरी ठहर गरेर निर्णय गरेमा शून्यबाट सुरु गर्नु नपर्ने गरी ‘डिजिटल भोटिङ’ प्रविधिको विकास गरिएको प्रचार विभागका सचिव दिनेश थापा मगरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

विभागका प्रमुख एवं पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको सभापतित्वमा असार २४ र २५ गते भौतिक र भर्चुअल प्रक्रियाबाट विभागको तेस्रो पूर्ण बैठक सम्पन्न भएपछि ‘डिजिटल भोटिङ’ को अवधारणालाई अन्तिम रूप दिएको विज्ञप्तिमा उल्लेख छ। 

साउन ५, २०७८ मंगलबार १६:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।