बैङ्क खातामा पैसा नभएको चेक दिने पवित्रा श्रेष्ठ पक्राउ
काठमाडौँ : चेक बाउन्स मुद्दामा फरार रहेकी पवित्रा श्रेष्ठलाई प्रहरीले पक्रेको छ।
केन्द्रीय अनुसन्धान ब्युरोले बैङ्किङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट कसुरदार ठहर भई फरार रहेको अवस्थामा पक्राउ गरेको जनाएको छ।
काठमाडौँ पुरानोबानेश्वरकी श्रेष्ठलाई पेप्सीकोलाबाट पक्राउ गरिएको ब्युरोले जनाएको छ।
श्रेष्ठले नबिल बैङ्कको खातामा पैसा नभएको १४ लाख रुपैयाँको चेक दिएर झुक्क्याएको उच्च अदालत पाटनले ठहर गरेको थियो।
साउन ५, २०७८ मंगलबार १४:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।