डिजिटल भोटिङको प्रविधि सुनिश्चित गरेको काँग्रेसको दाबी
काठमाडौँ : नेपाली काँग्रेसले डिजिटल भोटिङको प्रविधि सुनिश्चित गरेको दाबी गरेको छ।
पार्टीको १४ औ महाधिवेशनमै डिजिटल भोटिङको प्रविधि प्रयोग गर्न सकिने दाबी काँग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले गरेको हो।
पार्टीको १४ औ महाधिवेशनमा केन्द्र र ७ प्रदेशको निर्वाचन सम्बन्धी सबै प्रक्रिया सम्पन्न गर्न सकिने गरी डिजिटल भोटिङको प्रविधि सुनिश्चित गरिएको प्रचार विभागका सचिव दिनेश थापा मगरले जानकारी दिए।
केन्द्रीय समितिले जरुरी ठहर गरेर निर्णय गरेमा शून्यबाट सुरु गर्नु नपर्ने गरी प्रविधिको विकास गरिएको सचिव थापाले निकालेको विज्ञप्तिमा उल्लेख छ।
विभागले डिजिटल भोटिङको नमुना प्रदर्शनीको आन्तरिक कार्य योजना समेत तय गरेको जनाएको छ।
साउन ५, २०७८ मंगलबार १३:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।