देउवा र प्रचण्ड भेट : ओली सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गरेर नयाँ नियुक्ति गर्ने
काठमाडौँ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले दलहरूबिचको साझा कार्यक्रम ल्याउने भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच भएको छलफलमा साझा कार्यक्रम बनाएर कार्यान्वयनमा लैजाने सहमति भएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए।
यस्तै केपी ओली सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्ने सहमति भएको छ। ‘राजनीतिक नियुक्ति खारेज गरेर राम्रा मान्छे पठाउने कुराकानी भएको छ,’उनले भने,‘कुराकानी भएको यति हो।’
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटेर प्रचण्ड देउवालाई भेट्न बालुवाटार गएका थिए।
साउन ५, २०७८ मंगलबार १२:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।