एमाले अध्यक्ष ओलीसँग विप्लवको भेट

एमाले अध्यक्ष ओलीसँग विप्लवको भेट

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले भेटवार्ता गरेका छन्।

ओली निवास बालकोट पुगेर विप्लवले भेटवार्ता गरेका हुन्। 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट भेटवार्ता सुरु गरेका विप्लवले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, मोहन वैद्य किरण, टोपबहादुर रायमाझी लगायतका भेटेका थिए। 

सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयनका विषयमा दलका नेताहरूसँग दैनिक भेटघाटमा लागेका विप्लवले मंगलबार बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग छलफल गरेका हुन्। 

साउन ५, २०७८ मंगलबार १२:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।