बागलुङमा चार जना श्रमिकको मृत्यु, गम्भीर बिरामी दुई जनालाई पोखरा पठाइयो
बागलुङ : बागलुङ गलकोट बृहत् खानेपानी आयोजनामा कार्यरत चार जना श्रमिकको मृत्यु भएको छ।
गम्भीर बिरामी भएका २ जनालाई धौलागिरि अस्पतालबाट थप उपचारका लागि पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङमा प्रहरी नायव उपरीक्षक डिएसपी इकवाल हवारीले जानकारी दिए।
मदिरा पिएका उनीहरूको स्वास्थ्य अवस्था गम्भीर भएपछि सोमबार राती नै उपचारका लागि धौलागिरि अस्पताल पुर्याइएकोमा चार जनाको मंगलबार बिहान साढे ४ बजे मृत्यु भएको डिएसपी हवारीले जानकारी दिए।
मृत्यु हुनेमा दूधबहादुर राना, दीपेन्द्र पुन मगर, रेखबहादुर राना र प्रवीण घर्ती रहेका छन्। गम्भीर बिरामी परेका खेमराज घर्ती र रवीन्द्र पुनलाई थप उपचारका लागि पोखरा पठाइएको डिएसपी हवारीले बताए।
‘मदिरा पिएर मृत्यु भएको भनिएको छ,’डिएसपी हवारीले उकेरासँग भने,‘अनुसन्धान भइरहेको छ।’
साउन ५, २०७८ मंगलबार ०९:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।