देशका केही स्थानमा हल्का वर्षा
काठमाडौं : हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार केही स्थानमा हल्का वर्षा भइरहेको छ।
दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
विभागका अनुसार बाग्मती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
यस्तै राती गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भन्दै विभागले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
साउन ५, २०७८ मंगलबार ०८:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।