पोखरीमा डुबेर ५ वर्षीय बालकको मृत्यु
फाइल तस्बिर
सप्तरी : सप्तरीको महादेवा बलियाटोलमा ५ वर्षका बालकको पोखरीमा डुबेर मृत्यु भएको छ।
मोहम्मद मुस्ताकका छोरो ईसराइलको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
मृतक बालकको शव पोस्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा पठाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले बालबालिकालाई नजिकको पोखरी, नहर, कुलो, तलाउमा जान नदिन सर्वसाधारण नागरिकलाई अनुरोध गरेको छ।
साउन ५, २०७८ मंगलबार ०७:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।