स्वास्थ्य सचिवमा डा. पोखरेल बढुवा

स्वास्थ्य सचिवमा डा. पोखरेल बढुवा

काठमाडौं : सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा. रोशन पोखरेललाई बढुवा गर्ने निर्णय गरेको छ। 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव पोखरेललाई मन्त्रालयकाे सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आज बिहान बसेको बढुवा समितिको बैठकले स्वास्थ्य मन्त्रालयका १२ औं तहका प्रमुख विशेषज्ञ पोखरेलसहित डा. दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको थियो। 

मन्त्रालयको बढुवा शाखाका उपसचिव पर्वप्रसाद सापकोटाले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बढुवा समितिले नाम सिफारिस गरेको जानकारी दिए। 

उनले भने, ‘आज बिहानको बैठकले ३ जनाको नाम सिफारिस गरेको छ।’

साउन ४, २०७८ सोमबार १८:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।