थप कोरोना खोप सहायता उपलब्ध गराउन खोप उत्पादक मुलुकलाई सरकारको आह्वान
काठमाडौं : सरकारले अनुदान तथा खरिद प्रक्रियाबाट थप कोरोना खोप सहायता उपलब्ध गराउन खोप उत्पादक मुलुकलाई आह्वान गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो आग्रह गरेको हो।
मन्त्रिपरिषद् बैठकपछि निर्णयबारे जानकारी दिँदै कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकले नेपाललाई खोप सहायता उपलब्ध गराउने मुलुकलाई धन्यवाद दिने निर्णय गरिएको जानकारी दिए। साथै थप खोप सहायताका लागि खोप उत्पादक मुलुकलाई आग्रह गरिएको उनले बताए।
साउन ४, २०७८ सोमबार १८:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।