भाइरल क्रेज : भारतमा नाबालकसँग अश्लील नृत्य गरेर भिडियो पोस्ट गर्ने महिलाविरुद्ध उजुरी
काठमाडौँ : नाबालकसँग अश्लील नृत्य गरेको भिडियो सार्वजनिक गरेको भन्दै भारतमा एक महिलाविरुद्ध महिला आयोगले कारबाहीका लागि प्रहरीलाई पत्र पठाएको छ।
नाबालिगलाई अश्लील गतिविधि गराउन लगाएर भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेको भन्दै दिल्लीको महिला आयोगले महिलालाई कारबाही गर्न प्रहरीलाई पत्र पठाएको हो।
१०-१२ वर्षको बालकसँग महिलाले अश्लील गतिविधी गरेको र सो भिडियो हेर्ने अन्य बालबालिकाको मस्तिष्कमा गलत प्रभाव पर्ने भन्दै आयोगले कारबाहीका लागि पत्र पठाएको हो।
आफ्नो छोरा भएको दाबी गर्ने महिलाले ती बालकमाथि अन्य यौन शोषण गरेको हुनसक्ने भन्दै पत्रमा कारबाहीको माग गरिएको छ।
पछिल्लो समय नेपालमा समेत भाइरल हुने लोभमा नाबालकहरूसँग भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्नेक्रम बढ्दो छ। प्राय टिकटकमा अपलोड भएका भिडियोहरूमा बालबालिकाको अधिक प्रयोग भएको देखिन्छ।
साउन ४, २०७८ सोमबार १७:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।