थप २४४५ जनामा कोरोना संक्रमण, ३२ को मृत्यु 

थप २४४५ जनामा कोरोना संक्रमण, ३२ को मृत्यु 

काठमाडौं : देशभर थप २ हजार ४ सय ४५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पिसिआर विधिबाट १ हजार ६ सय ४२ र एन्टिजेन विधिबाट ८ सय ३ जनामा कोरोना पोजेटिभ देखिएको हो। 

उक्त अवधिमा आरटी पिसिआर विधिबाट ७ हजार ८ सय ३३ र एन्टिजेन विधिबाट ३ हजार ८ सय ३१ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। 

हालसम्म देशभर आरटी पिसिआर विधिबाट ६ लाख ६८ हजार ७ सय ५१ र एन्टिजेन विधिबाट ४९ हजार ७ सय ४३ जनामा संक्रमण देखिएको छ। 

कोरोना भाइरस संक्रमणका कारण देशभर थप ३२ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ५ सय ८२ पुगेको छ। 

यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ५८ जना कोरोना संक्रमणमुक्त भएका छन्। यससँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ३३ हजार ३ सय ३२ पुगेको मन्त्रालयले जनाएको छ। 

देशभर कोरोना संक्रमण निको हुने दर ९४.७ प्रतिशत छ।
 

साउन ४, २०७८ सोमबार १७:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।