विश्वासको मत पाए लगत्तै देउवालाई भारतीय प्रधानमन्त्रीको बधाई
मोदीले सामाजिक सञ्जाल ट्विटरमा बधाई दिँदै उनले देउवाको कार्यकालको सफलताको कामना गर्दै उनको कार्यकालमा हरेक क्षेत्रमा सहकार्य हुने र दुवै देशका नागरिक बिचको सम्बन्ध सुमधुर हुने आशा व्यक्त गरेका छन्।
विश्वासको मतका लागि आइतबार प्रतिनिधि सभामा उपस्थित २४९ जना सांसदमध्ये देउवाको पक्षमा १६५ मत परेको थियो। विपक्षमा ८३ र तटस्थ १ मत परेको थियो।
Congratulations Prime Minister @DeubaSherbdr and best wishes for a successful tenure. I look forward to working with you to further enhance our unique partnership in all sectors, and strengthen our deep-rooted people-to-people ties.
— Narendra Modi (@narendramodi) July 18, 2021
साउन ३, २०७८ आइतबार २२:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।