ओली समूहका ८ जना साँसदले देउवालाई दिए भोट
पार्टीमा विवाद हुँदा ओलीलाई साथ दिँदै मन्त्री समेत भएका सांसदहरूले विपक्षमा मतदान गर्ने ओली समूहको निर्देशन अटेर गरे। यसमा ओली सरकारमा बन मन्त्री रहेका प्रेम आले समेत छन्। ओली निकट किसान श्रेष्ठले समेत देउवालाई मत दिए।
ओली समूहमा रहेका हिरा केसी, पार्वती विसुंखे, कलिला खातुन, विना देवी बुढाथोकी, धनबहादुर बुढा, समिमा हुसेनले पनि देउवालाई मत दिए। ओलीले विश्वासको मत माग्दा पक्षमा ९१ परेको थियो। आइतबार देउवाको विपक्षमा ८३ मात्रै पर्यो।
माधव नेपाल समूहका २३ जनामध्ये २२ जनाले पक्षमा मतदान गरे। नेपाल निकट १० सांसद तटस्थ बसेर मतदान गरेनन्।
एमालेले देउवाको पक्षमा मतदान गर्ने एमाले हुनै नसक्ने भन्दै धम्क्याएको थियो। देउवाको पक्ष र विपक्षमा मतदान गर्ने विषयमा पार्टी विभाजित भएपछि सांसद भीम रावलले राजीनामै दिएका थिए। उनको राजीनामा सभामुखबाट स्वीकृत भने भएको छैन।
प्रतिनिधी सभामा उपस्थित २४९ जना सांसदमध्ये देउवाको पक्षमा १६५ मत परेको थियो। विपक्षमा ८३ र तटस्थ १ मत परेको थियो।
साउन ३, २०७८ आइतबार २२:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।