देउवाले पाए संसद्को विश्वास : पक्षमा १६५  , विपक्षमा ८३

देउवाले पाए संसद्को विश्वास : पक्षमा १६५  , विपक्षमा ८३

सभामुख अग्नि प्रसाद सापकोटाका अनुसार उनको पक्षमा  १६५ मत र उनको विपक्षमा ८३ मत परेको छ। १ मत तटस्थ परेको छ। प्रतिनिधि सभामा दुई सय ४९ जना सांसद उपस्थित थिए। एमाले अध्यक्ष केपी ओली पक्षका सांसदले समेत देउवालाई विश्वासको मत दिएका छन्।

प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्रमा प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्नेमा उनले सर्वोच्च अदालतको फैसला अनुसार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमै विश्वासको मत लिने निर्णय गरेका हुन्।

मत गन्दै संसदका कर्मचारी

उनको पक्षमा मतदान गर्नेबारे जनता समाजवादी पार्टीमा विवाद भए पनि अन्तमा जसपाको महन्थ ठाकुर समूहले पनि उनको पक्षमा मतदान गरेका थिए। नेपाल पक्षका सबै सांसदले देउवालाई विश्वासको मत नदिई तटस्थ बसेका थिए।

विश्वासको मतबारे छलफल भएको बेला संसद्मा अनुपस्थित एमाले अध्यक्ष केपी शर्मा ओली मतदानको समयमा संसद्मा आएर विपक्षमा मतदान गरेका थिए। देउवाले छलफलमा ओली सहभागी नभएकोमा चित्त दुखाएका थिए। अन्य वक्ताले अलोकतान्त्रिक चरित्र देखाएको भन्दै ओलीको आलोचना गरेका थिए।

ओलीले यस अगाडि ९१ विश्वासको मत पाएका थिए। तर उनले पाएको सबै मत देउवाको विपक्षमा परेन। विपक्षमा जम्मा ८३ मत मात्र पर्यो। ८ सांसदले देउवालाई मत दिए।

साउन ३, २०७८ आइतबार २२:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।