प्रधानमन्त्री देउवाले भने : रेसम चौधरी मैले पनि चिनेको मान्छे हो नि, दाई-दाई भन्थे
जनता समाजवादी पार्टीका सांसद जेलमा रहेको विषयमा उठेको जिज्ञासाको जवाफ दिँदै उनले भने' रेसम चौधरी मैले पनि चिनेको मान्छे हो नि, दाई-दाई भन्थे। पछि पो राप्रपा भएको हो।'
उनले कति कुरा मन्त्रिपरिषद्ले फिर्ता लिएर पनि नहुने र यसबारे अन्य नेताहरूले पनि बुझिदिनु पर्ने बताए। उनले भने'यो कुरा बुझ्नु पर्यो नि।'
उनले सबैलाई जेल हालेर मात्र समस्या समाधान नहुने भन्दै तर अदालतको आदेश मान्नुपर्ने बताए।
उनले संविधान समावेशी र समानुपातिक रहेको र जातीय सबैलाई मिलाउन नै समावेशी संविधान बनाएको बताए। उनले अहिले सरकारको तीनै प्राथमिकता खोप भएको बताउँदै भने' यो सरकारको पहिलो प्राथमिकता खोप, दोस्रो प्राथमिकता खोप अनि तेस्रो प्राथमिकता खोप हो। व्यक्तिको जीवन भन्दा ठुलो केही छैन।'
नेपालको राष्ट्रिय हित भनेको छिमेकीसँगै अन्य देशहरूसँग पनि राम्रो सम्बन्ध राख्नु रहेको उनले बताए।
साउन ३, २०७८ आइतबार २१:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।