महन्थ ठाकुरले भने : प्रधानमन्त्रीमा देउवालाई मत दिन्छौ
काठमाडौँ : जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएका छन्। प्रतिनिधि सभाका सम्बोधन गर्दै उनले देउवालाई मत दिने बताएका हुन्। ठाकुरको यो घोषणासँगै एमाले नेपाल पक्षविनानै देउवाले विश्वासको मत पाउने भएका छन्।
ठाकुरले संविधानका कारण पटक-पटक समस्या आएको बताए। उनले विना कारण आफ्नो सांसद जेलमा पुगेको दाबी गरेका थिए। वर्तमान प्रधानमन्त्रीले चिठी पढाएर भोट मागेकाले आफूले स्वीकार गरेको बताउँदै सोधे' के यो संविधानले हाम्रो समस्या समाधान गरेको छ?'
उनले आफ्नो दलको केही मुद्दा सम्बोधन गरेको भन्दै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका थिए। नागरिकता अध्यादेश र केही नेताको मुद्दा फिर्ता लिएकोमा ओलीलाई धन्यवाद दिएका हुन्। नागरिकता सम्बन्धी अध्यादेशको कार्यान्वयन रोकेकोमा उनले सर्वोच्च अदालतप्रति असन्तुष्टि जनाए।
'के राष्ट्रियताको निर्धारण पनि अदालतले गर्ने हो?'
साउन ३, २०७८ आइतबार १९:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।